९० करोडमा बन्यो नागरिक लगानी कोषको नयाँ भवन
काठमाडौँ : सहरी विकास तथा भवन निर्माण विभागले नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण गरेको छ।
लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रुपैयाँ लगानीमा भवन निर्माण भएको कोषले जनाएको छ।
भवन हस्तान्तरण कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले नव निर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउने बताए।
भवन विभागका महानिर्देशक नवराज प्याकुरेलले कोभिडको सङ्क्रमणकालीन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएको बताए।
असोज १६, २०७८ शनिबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।