सुर्खेतमा रुखका हाँगा काट्न बिद्युत् सेवा बन्द
सुर्खेत : सुर्खेतमा बिहान ९ बजेदेखि बिजुली गएको छ। नेपाल विद्युत् प्राधिकरण सुर्खेतले ११ केभी लाइनमा पर्ने रुखका हाँगा काट्न बिद्युत् आपूर्ति बन्द भएको जनाएको छ।
बुलबुले फिडर अन्तर्गत बुदबुदि सवस्टेशन देखि श्रीचौर र बजार फिडर अन्तर्गत बुदबुदि सवस्टेशनबाट कैनपानी हुँदै देवीथान डाँडासम्म बुस कटिङ गर्नु पर्ने भएकाले विद्युत् सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सूचना निकालेर बेलुकी ५ बजेपछि विद्युत् सेवा बन्द नहुने जानकारी दिएको छ।
असोज १६, २०७८ शनिबार ११:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।