भारतको न्यून चापीय क्षेत्रको प्रभाव : प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना
काठमाडौँ : नेपालमा अहिले भारतको दक्षिण विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने अनुमान विभागले गरेको छ।
विभागका अनुसार आज राति प्रदेश नं १ र २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज १६, २०७८ शनिबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।