मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको विरोधमा जसपाले मसाल जुलुस निकाल्ने 

मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको विरोधमा जसपाले मसाल जुलुस निकाल्ने 

काठमाडौँ : जनता समाजवादी पार्टी जसपाले २ नम्बर प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा भोलि शनिबार मसाल जुलुस निकाल्ने भएको छ। 

‘बेटी बचाउ, बेटी पढाऊ’ जस्तो जनलोकप्रीय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा सरकार प्रमुखको शक्ति तथा गरिमामा आघात पुर्याएको भन्दै जसपाले आपत्ति जनाएको छ।

जसपाको मधेस प्रदेश समिति जनकपुरले विज्ञप्ति निकालेर अख्तियारको यस्ता कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने भन्दै विरोध गर्ने उल्लेख गरेको छ।

प्रदेश २ का जिल्ला सदरमुकाममा भोलि शनिबार मसाल जुलुस निकाल्ने र आइतबार विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा लेखिएको छ।

असोज १५, २०७८ शुक्रबार २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।