६ महिने शिशुको मृत्युपछि धनगढीको केजी अस्पतालमा आन्दोलन 

६ महिने शिशुको मृत्युपछि धनगढीको केजी अस्पतालमा आन्दोलन 

धनगढी : धनगढीमा रहेको केजी अस्पतालमा ६ महिने शिशुको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरूले अस्पतालमा आन्दोलन थालेका छन्। आफन्तले आन्दोलन गरेपछि अहिले अस्पतालको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का विष्णु विकका ६ महिने शिशु सायलको डाक्टरको लापरबाहीका कारण उपचारका क्रममा मृत्यु भएको मृतकाका आफन्त शङ्कर विकले आरोप लगाए।

‘अन्यत्र लैजान्छौँ भन्दा डाक्टरले बाहिर गर्ने उपचार पनि यस्तै हो,हामी नै उपचार गछौँ भने,अहिले बालकको मृत्यु भयो,’उनले भने,‘६ दिनसम्म के उपचार गरियो? अस्पतालमा भएको लापरबाहीमाथि छानबिन गरी हामीलाई क्षतिपूर्ति र  दोषीलाई कारबाही गरिनुपर्छ।’

डोटीको महाकाली मेडिकलमा अक्सिजनको अभाव भए पछि शिशुलाई धनगढी रेफर गरिएको थियो। ९ गतेदेखि उनको केजी अस्पतालमा उपचार भइरहेको थियो।

असोज १५, २०७८ शुक्रबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।