कैलालीमा कोरोना खोप लगाएका दुई जनाको मृत्यु 

कैलालीमा कोरोना खोप लगाएका दुई जनाको मृत्यु 

धनगढी : कैलालीमा कोरोना विरुद्धको खोप लगाएका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

कोरोना विरुद्धको दुवै डोज खोप लगाएका धनगढी उपमहानगरपालिका ३ का ७५ वर्षीय पुरुष र ५ का ९० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती अस्पतालले जनाएको छ। 

७५ वर्षीय पुरुषमा १३ गते र ९० वर्षीय पुरुषमा १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

७५ वर्षीय पुरुषमा स्क्रब टाइफस समेत देखिएको उनले बताए। श्रेष्ठका अनुसार अहिले सेती अस्पतालमा ११ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ।

असोज १५, २०७८ शुक्रबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।