थप १३ जना कोरोना सङ्क्रमितको मृत्यु, १ हजार ६६ जनामा सङ्क्रमण पुष्टि 

थप १३ जना कोरोना सङ्क्रमितको मृत्यु, १ हजार ६६ जनामा सङ्क्रमण पुष्टि 

काठमाडौँ : नेपालमा शुक्रबार थप १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार १४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस्तै १३ हजार ३६८ नमुना परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै पीसीआर परीक्षणका सङ्क्रमितको सङ्ख्या ७ लाख ९५ हजार ९५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एन्टीजेन परीक्षणका सङ्क्रमितको सङ्ख्या ९१ हजार ७२१ पुगेको छ।

पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचार गराइरहेका सङ्क्रमित मध्ये ९३८ जना निको भएर घर फर्केका छन्। योसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ७ लाख ६६ हजार ६९६ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुने दर ९६.३ प्रतिशत रहेको छ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ११५ जना रहेका छन्। होम आइसोलेसनमा १६ हजार ८८१, संस्थागत आइसोलेसनमा १ हजार २३४ र भेन्टिलेटरमा ११६ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

असोज १५, २०७८ शुक्रबार १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।