चार पूर्वप्रधानन्यायाधीश विरुद्धको अवहेलना मुद्दामा माग दाबी पुगेन : सर्वोच्च अदालत
काठमाडौँ : सर्वोच्च अदालतले अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले अदालतको अवहेलना मुद्दामा पूर्वप्रधानन्यायाधीशलाई कारबाही गर्नु नपर्ने आदेश दिएको हो।
पूवप्रधानन्यायाधीश अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्की र मीनबहादुर रायमाझीले संसद् विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गरेका थिए। विज्ञप्ति जारी गरेर उनीहरूले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले अवहेलना मुद्दा दायर गरेका थिए।
प्रधानन्यायाधीश राणा र न्यायाधीश मल्लको इजलासले अवहेलना मुद्दामा माग दाबी नपुग्ने फैसला गरेको सर्वोच्च अदालतले जनाएको छ।
असोज १५, २०७८ शुक्रबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।