खनाल–नेपाल समूहका नेता रघुजी पन्तले भने– सरकारमा जाने सम्भावना छैन
काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहका नेता रघुजी पन्तले सरकारमा जाने सम्भावना नरहेको बताएका छन्।
खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘सरकारमा जाने सम्भावना नै छैन। हामी एमालेमा छौं। अपोजिसनमा छौं,’ उनले भने।
भूमिसम्बन्धी आयोग खारेजीबारे सञ्चारकर्मीले सोधेको जिज्ञासामा उनले केही बोल्न चाहेनन्।
त्यसअघि बैठकमा पार्टी वरिष्ठ नेता नेपालसहितका नेताले आफ्नो धारणा राखेको उनले जानकारी दिए। बैठकमा पार्टी उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिबारे विस्तृतरूपमा भएको व्याख्याबारे जानकारी गराएको उनले बताए।
उनले पार्टी एकताका लागि वार्ता प्रक्रिया जारी रहेको बताए।
बैठकमा नेताले विचार राख्ने क्रम जारी रहेको र भोलि बिहान साढे ११ बजे पुनः बस्ने उनको भनाइ छ।
साउन २१, २०७८ बिहीबार १९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।