देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नजिक 

देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नजिक 

काठमाडौं : देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नजिक पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बिहीबार) दिउँसोसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

देशभर कोरोना संक्रमितको मृत्यु हुने दर भने १.४१ प्रतिशत छ। 

यस्तै, कोरोना संक्रमण निको हुने दर ९३.७३ प्रतिशत र सक्रिय संक्रमितको दर ४.८६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।  

साउन २१, २०७८ बिहीबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।