देशभर थप ३९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु 

देशभर थप ३९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु 

काठमाडौं : देशभर थप ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट ३ हजार ७ र एन्टिजेन विधिबाट ९ सय ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ११ हजार ८ सय ७० र एन्टिजेन विधिबाट ६ हजार ५ सय ३८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

हालसम्म देशभर आरटी पिसिआर विधिबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७ सय ८१ जनामा संक्रमण देखिएको छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप ३७ जनाको मृत्यु भएको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ। 

देशभर कोरोना संक्रमण निको हुने दर ९३.७ प्रतिशत छ।
 

साउन २१, २०७८ बिहीबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।