एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

एमाले नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

बुद्धनगरको क्वालिटी पार्टी प्यालेसमा बस्ने बैठकमा पार्टी एकता, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेपाल पक्षीय नेताहरूले बताएका छन्।

एमालेको नेपाल समूहले सरकारमा जाने नजाने निर्णय गरेको छैन। सत्ता गठबन्धनमा रहेका दलहरू नेपाल समूहको निर्णय पर्खेर बस्दा मन्त्रालय भागबन्डा हुन सकेको छैन। 

नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सदस्यहरू काठमाडौं आएका छन्। तर, एमाले केपी ओली समूहले भने नेपाल समूहको बैठकमा सहभागी नहुन नेताहरूलाई आग्रह गरेको छ।  

एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन्। एमाले ओली समूहले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ। 

साउन २१, २०७८ बिहीबार ०७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।