स्कुटर छाडेर भागेका पक्राउ गर्दा भेटियो पेस्तोल र गोली
चेकजाँच गर्ने क्रममा ३ जना सवार स्कुटर रोक्न खोज्दा स्कुटर नै छोडेर भागेपछि पिछा गर्दे जाँदा उनीहरू बिजी महल पछाडि वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको आरके रेस्टुरेन्टमा लुकेका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर उनीहरूसँग रहेको झोला चेकजाँच गर्दा पेस्तोल र त्यसको म्यागेजिन, पाँच राउन्ड गोली , २ वटा खुकुरी र गाँजा समेत फेला परेको परिसरका एसपी रमेशकुमार बस्नेतले बताए।
साउन २०, २०७८ बुधबार २१:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।