महन्थ ठाकुरको रिटमा सर्वोच्चले जारी गरेन अन्तरिम आदेश
न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले आज (बुधबार) उक्त रिट निवेदनमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
सर्वाेच्चले विपक्षी निर्वाचन आयोग र उपेन्द्र यादवका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। आदेशमा निवेदकको मागअनुसार आदेश जारी गर्नु नपर्ने आधार र कारण खुलाई बाटाका म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न भनिएको छ।
आयोगले जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने निर्णय गरेपछि त्यसलाई बदर गर्न माग गर्दै ठाकुरले सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए।
आयोगले यही साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएको थियो। यादवको पक्षमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यले सनाखत गरेपछि आयोगले उक्त निर्णय गरेको थियो।
साउन २०, २०७८ बुधबार १८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।