एक किलो ८ सय ग्राम 'सुन' सहित समातिए तीन भारतीय नागरिक
महाशाखाबाट खटिएको टोलीले भारत राजस्थानका साकिर अलि, अब्दुल सतार र प्यार मोहम्मदलाई पक्राउ गरेको हो।
अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरेर उनीहरूले विभिन्न देशबाट भन्सार छलेर सुन तस्करी गर्ने गरेको सूचनाको आधारमा उनीहरूको खोजीमा खटिएको टोलीले सो गेस्ट हाउसको कोठा नम्बर २०२ मा उनीहरूलाई फेला पारेको थियो।
कोठामा रहेको उनीहरूको सुटकेस र त्यसमा रहेका सामानमा खोजी गर्दा चाँदी कलरको रङ लगाएको रोल, बिस्कुट आकारका धातु फेला परेपछि प्रहरीले घोटेर हेर्दा पहेँलो देखिएको थियो। बरामद सामान जोख्दा एक किलो ८ सय ६६ ग्राम पुगेको महाशाखाका सूचना अधिकारी एसपी कृष्ण कोइरालाले जानकारी दिए।
उनीहरूको कार्यशैली र जसरी लुकाएका थिए ती सबै विधि हेर्दा अनुभवी तस्कर समूहका सदस्य रहेको प्रहरीले आशङ्का गरेको छ। प्रहरीले फेला परेका सामाग्रीहरू परीक्षणका लागि पठाएकाले बरामद सामानलाई सुन जस्तो देखिने पहेँलो पदार्थ बरामद भएको उल्लेख गरेको छ।
साउन २०, २०७८ बुधबार १७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।