भूमिसम्बन्धी आयोग खारेजीप्रति एमालेको आपत्ति

भूमिसम्बन्धी आयोग खारेजीप्रति एमालेको आपत्ति

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज (बुधबार) वक्तव्य जारी गरी भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णयले सरकार जनताप्रति उत्तरदायी नरहेको पुष्टि भएको आरोप लगाएका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै उक्त आयोग गठन गरेको थियो। 

हिजो बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो। 

साउन २०, २०७८ बुधबार १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।