एकै दिन ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट २ हजार ९ सय ७५ र एन्टिजेन विधिबाट १ हजार १ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ११ हजार ३ सय ५४ र एन्टिजेन विधिबाट ४ हजार ९ सय ४४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर आरटी पिसिआर विधिबाट ७ लाख ५ हजार ७२ र एन्टिजेन विधिबाट ६४ हजार ८ सय ५० जनामा संक्रमण देखिएको छ।
कोरोना भाइरस संक्रमणका कारण देशभर थप ३५ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर कोरोना संक्रमण निको हुने दर ९३.८ प्रतिशत छ।
साउन २०, २०७८ बुधबार १७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।