राष्ट्रियसभाबाट दुई वटा विधेयक पारित

राष्ट्रियसभाबाट दुई वटा विधेयक पारित
फाइल तस्बिर।

राष्ट्रियसभाको आज (बुधबार) बसेको बैठकले तथ्यांक विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गरेको हो। तथ्यांक विधेयक सर्वसम्मत र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित भएकाे हाे। 

बैठकमा स्वतन्त्र सांसद खिमलाल देवकोटाले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित हुन नहुने धारणा राखेका थिए। नेपालमा विश्वविद्यालय धेरै भएको र प्रदेश सरकारले विश्वविद्यालय सञ्चालनको तयारी गरिरहेको अवस्थामा थप विश्वविद्यालय खोल्न नहुने उनको भनाइ थियो। 

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ माघ ६ गते र तथ्यांक विधेयक सोही वर्षको फागुन २८ गते राष्ट्रियसभा सचिवालयमा दर्ता भएको थियो।
 

साउन २०, २०७८ बुधबार १७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।