भेरोसेलको पहिलो मात्रा लगाएका ५५ वर्षमाथिका नागरिकलाई साउन २२ देखि दोस्रो मात्रा लगाइने

भेरोसेलको पहिलो मात्रा लगाएका ५५ वर्षमाथिका नागरिकलाई साउन २२ देखि दोस्रो मात्रा लगाइने

स्वास्थ्य सेवा विभागले सात वटै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै उक्त अभियानमा खोप लगाएका व्यक्तिलाई खोपको दोस्रो मात्रा लगाउन निर्देशन दिएको छ। 

परिपत्रमा खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेपछि दोस्रो मात्रा लगाउन पाइने उल्लेख गरिएको छ। 

यस्तै, विदेश जानेहरूका लागि काठमाडौं, कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रबाट क्विआर कोडसहित खोप लगाउने व्यवस्था गरिएको विभागले जनाएको छ। 

कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले पटक–पटक खोप अभियान सञ्चालन गर्दै आएको छ। 

साउन २०, २०७८ बुधबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।