दार्चुला घटनामा भारतले सार्वजनिक क्षमा माग्नु पर्छ : माओवादी प्रवक्ता श्रेष्ठ
राष्ट्रिय सभाको बैठकमा प्रवक्ता श्रेष्ठले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतले माफी माग्नु पर्ने बताएका हुन्।
भारतीय एसएसबीका जवानले तुइन फुकाल्दा धामी बेपत्ता भएको घटनामा भारतले सार्वजनिक क्षमा माग्नु पर्ने बताए। राष्ट्रियताको पक्षमा सबै एक ढिक्का हुने भन्दै उनले हेप्ने, अतिक्रमण र दुर्व्यवहार गर्ने काम बन्द गर्न आग्रह गरे।
छानबिन समितिको प्रतिवेदन ल्याएर भारतसँग आपत्ति जनाउन उनले सरकारसँग माग गरे। ‘भारतले नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमा याचना गर्नुपर्छ,’ उनले भने,‘ हेपाहा प्रवृत्ति नदोहोर्याउन भन्न चाहन्छु।’
उनले नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप गर्ने प्रवृत्ति कायम रहेको बताए। नेपाली माथिको हेपाहा व्यवहार नसहने उनले बताए। उनले भारतले क्षमा याचना माग्ने, क्षतिपूर्ति दिने र अब यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउनु पर्ने बताए।
साउन २०, २०७८ बुधबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।