एमाले ओली पक्षका नेताले नेपाललाई भेटे, भनेनन् केही 

एमाले ओली पक्षका नेताले नेपाललाई भेटे, भनेनन् केही 

नेपालको कोटेश्वरस्थित निवासमा पुगेर ओली पक्षका नेताहरूले नेपालसँग छलफल गरेका हुन्। 

छलफलमा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र विष्णु पौडेल नेपाल निवासमा पुगेका थिए। छलफलमा भीम रावल पनि सहभागी थिए।

वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले छलफल गर्न नेताहरू आएको पुष्टि गरे। तर, छलफलमा भएको विषयमा भने जानकारी नभएको उनले बताए। 

अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गराउने प्रयासमा दोस्रो तहका नेताहरूले प्रयास जारी राखेका छन्। तर, ओली र नेपालबीच संवाद हुन सकेको छैन। 

पार्टीभित्रको विवाद समाधानका लागि दुई नेताको भेट गराउने प्रयास जारी रहेको स्थायी कमिटी सदस्य नेम्वाङले बताएका छन्। नेपालसँगको भेटबारे भने नेताहरूले केही बताएका छैनन्।

साउन २०, २०७८ बुधबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।