शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त गर्ने सरकारकाे निर्णय
मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर।
काठमाडौं : सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका–१० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले आयोगको सदस्यमा काठमाडौं, कलंकीका डिल्लीराम रिमाल र कीर्तिपुरकी नन्दकुमारी महर्जन नियुक्त गरेकाे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
साउन १९, २०७८ मंगलबार १९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।