भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडौं : सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। मन्त्रिपरिषद्को आज (मंगलबार) बसेको बैठकले आयोग खारेज गरेको हो। 

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो। आयोगकाे सदस्यमा जगतबहादुर देउजा, भीमबहादुर कार्की, मञ्जली शाक्य बज्राचार्य, विक्रम यादव, गोपाल गुरागाईँ, जगदेव यादव, केशव देवकोटा, एकबहादुर रानामगर, शोभाराम बस्नेत, बुद्धिप्रसाद शर्मा र अगस्तराज अधिकारी थिए।  

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै आयोग गठन गरिएको थियो। 

साउन १९, २०७८ मंगलबार १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।