काठमाडौंमा साउन २७ गतेसम्म निषेधाज्ञा थप

काठमाडौंमा साउन २७ गतेसम्म निषेधाज्ञा थप
तस्बिर : जिल्ला प्रशासन कार्यालयकाे वेबसाइटबाट। 

काठमाडौं : काठमाडौंमा यही साउन २७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज (मंगलबार) आदेश जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म निषेधाज्ञा थप गरेका हुन्। 

निषेधाज्ञा अवधिभर खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेरमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएकाे छ। 

यस्तै, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, डान्स बार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ।

साथै शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने भएका छन्। 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर सुरु भएपछि काठमाडौंमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। त्यसयता पटक–पटक निषेधाज्ञा अवधि थपिएको थियो। 

साउन १९, २०७८ मंगलबार १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।