देशभर कोरोना पोजेटिभको संख्या सात लाख नाघ्यो

देशभर कोरोना पोजेटिभको संख्या सात लाख नाघ्यो

काठमाडौं : देशभर कोरोना भाइरस (कोभिड–१९) संख्या सात लाख नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको संख्या (पिसिआर विधिबाट) ७ लाख २ हजार ९७ पुगेको छ। 

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४८ कोरोना संक्रमित (पिसिआर विधिबाट) थपिएका छन्। उक्त अवधिमा एन्टिजेन्ट विधिबाट कोरोना पोजेटिभ हुनेको संख्या ९ सय ३५ रहेको छ। 

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९४ संक्रमित निको भएका छन्। यससँगै देशभर कोरोनामुक्त हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ। देशभर कोरोना संक्रमणमुक्त हुने दर ९४ प्रतिशत छ। 

देशभर थप २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ रहेको मन्त्रालयले जनाएको छ। 

साउन १९, २०७८ मंगलबार १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।