रवीन्द्र मिश्रको काउन्टरमा विवेकशील साझाको अर्काे प्रस्ताव
काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको प्रस्तावको काउन्टरमा संयोजक मिलन पाण्डेसहितका चार नेताले अर्काे प्रस्ताव ल्याएका छन्।
पार्टीका संयोजक पाण्डे, नेताहरू केशव दाहाल, रन्जु दर्शना र डा. राजेन्द्र पंगेनीले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नामक दस्तावेज आज (मंगलबार) सार्वजनिक गरेका हुन्।
यसअघि अध्यक्ष मिश्रले ‘मार्ग परिवर्तन’ नामक दस्तावेज सार्वजनिक गरेका थिए। उक्त प्रस्तावमा संघीयता खारेज र धर्मनिरपेक्षताको विषयमा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव राखेका थिए।
तर, संयोजक पाण्डेसहितका नेताले सार्वजनिक गरेको प्रस्तावमा अध्यक्ष मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने जिकिर गरिएको छ।
उक्त प्रस्तावमा गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र संघीयता सुधारको वकालत गरिएको छ। साथै तीनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव गरिएको छ।
संयोजक मिलन पाण्डेसहितका नेताले प्रस्ताव गरेकाे दस्तावेज
साउन १९, २०७८ मंगलबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।