प्रधानमन्त्री देउवाको निर्देशनमा रोकियो डा जागेश्वरको सरुवा
सोमबार राज्यमन्त्रीस्तरिय निर्णयको आधारमा गौतमलाई प्रसुती गृहमा सरुवा गर्दै उनको स्थानमा ट्रमा सेन्टरमा कार्यरत रुद्र मरासिनिको सरुवा भएको थियो। मरासिनीले सोमबारै नियुक्ती पत्र समेत पाइसकेका छन्। तर गौतमले मंगलबारसम्म सरुवा पत्र पाएका छैनन्।
गौतमले उकेरासँग भने' स्वास्थ्य मन्त्रालयबाट कुनै जानकारी र सरुवाको पत्र आएको छैन। म वीर अस्पतालमा हाजिर भएर काम गरिरहेको छु।' उनले आफ्नो अनुभवलाई अवमूल्यन गरे जागिर छाड्ने धम्की दिए।
‘१८ वर्ष काठमाडौँ बाहिर बसेर सेवा गरे,’उनले उकेरासँग भने,‘सरुवा गर्ने भनेको मेरो अवमूल्यन गर्नु हो, छोडेर जा भन्नु हो, म छोडेर जान्छु।'
युनिफाइड केन्द्रीय अस्पतालबाट प्रसूति पठाइएका जागेश्वर भन्छन् : मैले त्यस्तो जागिर पनि खान्छु ?
सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राज्य मन्त्रीस्तरिय निर्णय गरेर युनिफाइड अस्पतालको अधिकारीमा ट्रमा सेन्टरमा कार्यरत डा. मरासिनीलाई तोक्ने निर्णय गरेको थियो। डा.गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गर्ने निर्णय राज्यमन्त्री उमेश श्रेष्ठले गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गौतमको सरुवा गर्ने निर्णय कार्यान्वयन नभएको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो। मन्त्रिस्तरिय निर्णय हुनुपर्ने विषय राज्यमन्त्रिस्तरियमा भएको भन्दै मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारी तोक्ने र गौतमलाई सरुवा गर्ने निर्णय प्रधानमन्त्री देउवाको निर्देशनमा रोकिएको स्रोतले बतायो।
प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय आफ्नै मातहत राखेर साउन १० गते राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए।
साउन १९, २०७८ मंगलबार १२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।