नेपाली शान्ति सैनिक सुडान गयो

नेपाली शान्ति सैनिक सुडान गयो

संयुक्त राष्ट्र संघको आव्हानमा दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको १० औँ डफ्फालाई बदली गर्न ११ औँ २३३ जनाको डफ्फा आज मिसन इलाका प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। 

दक्षिण सुडानमा रहेको कालिध्वज गणको १० औँ डफ्फा आफ्नो कार्यकाल सकेर साउन २०, भदौ ९ र भदौ ३० गते तीन वटा उडानबाट नेपाल आइपुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

साउन १९, २०७८ मंगलबार ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।