ओलीलाई भेट्नु अगाडी प्रचण्ड र नेपालले गरे गोप्य वार्ता 

ओलीलाई भेट्नु अगाडी प्रचण्ड र नेपालले गरे गोप्य वार्ता 

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आजै नेपालसँग भेट्ने तयारी गरेका छन्। प्रचण्डले ओली भन्दा अगाडी नेपाललाई भेटेर कुराकानी गरेका हुन्। प्रचण्ड र नेपाल दुवैको सचिवालयले कुराकानीको विषयबारे केही बताएका छैनन्। ‘भेटवार्ता भएको हो,’प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने,’के के भयो चाहिँ थाहा भएन।’ 

नेपालसँग ओलीले आज भेटेर कुराकानी गर्ने हिजै तय गरेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए। ’दुवैले आज भेट्ने तय गर्नु भएको हो,’नेम्वाङले भने,‘हिजै तय भएको हो, आज भेट्नुहुन्छ।’ 

सत्ता गठबन्धनमा रहेका एमाले वरिष्ठ नेता नेपाल र प्रतिपक्षी एमालेका अध्यक्ष ओलीबीच पार्टी विवाद समाधानका विषयमा छलफल हुने नेता नेम्वाङले बताए। 

साउन १९, २०७८ मंगलबार १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।