सरकारको न्यूनतम साझा कार्यक्रम : कार्यदलले आज अन्तिम रूप दिने
दलहरूको सुझाव लिएर न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारीमा लागेको कार्यदलका सदस्य देव गुरुङले बताए।
कार्यदलले तयार गर्ने साझा कार्यक्रम सत्ता गठबन्धनका शीर्ष नेतृत्वलाई बुझाउने गुरुङले बताए। शीर्ष नेतृत्वले सरकारलाई बुझाउने र सरकारले सार्वजनिक गर्ने तयारी भएको उनले जानकारी दिए। उनले कार्यदलमा साझा कार्यक्रमबारे छलफल भइरहेको बताए।
कांग्रेस नेता रमेश लेखकले सरकारको न्यूनतम साझा कार्यक्रम आज फाइनल हुने बताए। साझा कार्यक्रम आज तयार भएर आजै सार्वजनिक हुन सक्ने उनले बताए।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबिच सहमति भएको छ।
तीन दलका शीर्ष नेताहरूबिच सोमबार भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिनु अगाडी न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सहमति भएको थियो।
साउन १९, २०७८ मंगलबार ०८:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।