मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
दुर्घटनामा सप्तरी शम्भुनाथ नगरपालिका ७ बस्ने २८ वर्षका बुद्ध सागर चौधरी र सिरहा लहान नगरपालिका १७ का २८ वर्षका रामशंकर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
आन्नद चौधरी र सोनम चौधरी घाइते भएका छन्। स.११.प.४०३८ नं.को मोटरसाइकल चालक बुद्ध सागर चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
यस्तै प्र.न.२–०१–००१ प ९५५६ न.को मोटरसाइकल चालक रामशंकर यादवको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
साउन १९, २०७८ मंगलबार ०७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।