गुडिरहेको गाडीमा पहिरो खस्यो, एक जनाको मृत्यु

गुडिरहेको गाडीमा पहिरो खस्यो, एक जनाको मृत्यु
सांकेतिक तस्बिर।

राजमार्गको पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा खण्डमा पाल्पाबाट बुटवल आउँदै गरेको लु२च ७३८७ नम्बरको बोलेरो गाडीमाथि पहिरो खस्दा घाइते स्याङ्जा, वालिङका अन्दाजी २२ वर्षीय आशिष खाँण ठकुरीको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते उनको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी अन्य दुई जना घाइते छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

साउन १८, २०७८ सोमबार २२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।