चार पूर्वमाओवादी नेतालाई सांसदमा पुनर्बहाली गर्न सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

चार पूर्वमाओवादी नेतालाई सांसदमा पुनर्बहाली गर्न सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिट निवदेनमाथि सुनुवाइ गर्दै उनीहरूलाई सांसद पदमा पुनर्बहालीको अन्तरिम दिन अस्वीकार गरेको हो। 

माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट पदमुक्त गर्ने निर्णय कानुनसम्मत नै रहेको आदेशमा भनिएको छ।

माओवादी केन्द्र छाडेर एमालेमा लागेपछि माओवादी केन्द्रको कारबाहीमा परेर उनीहरूको सांसद पद गुमेको थियो। पद गुमेको झण्डै तीन महिनापछि उनीहरूले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वाेच्चमा रिट निवेदन दर्ता गरेका थिए। 

साउन १८, २०७८ सोमबार १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।