कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई पदमुक्त गर्ने सर्वाेच्चको आदेश
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै कर्णालीका प्रदेश सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्ने आदेश दिएको हो।
यसअघि सर्वाेच्चले ती चार सांसदलाई पुनर्बहाली गर्ने अन्तरिम आदेश दिएको थियो।
साउन १८, २०७८ सोमबार १७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।