नियुक्तिपत्र बुझेर स्वास्थ्य मन्त्रालयबाट बाहिरिए डा. मरासिनी
मन्त्रालयबाट साेमबार नियुक्तिपत्र बुझेपछि उनी बाहिरिएका हुन्।

मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार उनी कोभिड–१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकिएका हुन्। यसअघि उनी राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक तथा स्पाइनल सर्जनका रूपमा कार्यरत थिए।
डा. मरासिनीअघि उक्त जिम्मेवारी प्रा. डा. जागेश्वर गौतमले सम्हालेका थिए।
साउन १८, २०७८ सोमबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।