थप ३१२५ जनामा कोरोना संक्रमण, २३ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट २ हजार २ सय ७९ र एन्टिजेन विधिबाट ८ सय ४६ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट १० हजार ६ सय १३ र एन्टिजेन विधिबाट ३ हजार १ सय ९८ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर आरटी पिसिआर विधिबाट ६ लाख ९९ हजार ६ सय ४९ र एन्टिजेन विधिबाट ६२ हजार ७ सय ८३ जनामा संक्रमण देखिएको छ।
कोरोना भाइरस संक्रमणका कारण देशभर थप २३ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर कोरोना संक्रमण निको हुने दर ९४.१ प्रतिशत छ।
साउन १८, २०७८ सोमबार १७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।