दार्चुला घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै सरकारले निर्णय गर्छ : गृहमन्त्री

दार्चुला घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै सरकारले निर्णय गर्छ : गृहमन्त्री

आज (सोमबार) राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले यस घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिसकिएकाले त्यसको प्रतिवेदन आउनुअघि सरकारले कुनै राय दिन नमिल्ने बताए। 

उनले छानबिन समितिको प्रतिवेदनको आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिने बताए। 

‘छानबिन समिति बनाइरहेको अवस्थामा छानबिनमा प्रभाव पार्ने गरी कुनै राय दिन मिलेन। छानबिनबाट घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यसमा उल्लेख भएका कुराका लागि हामी जुनसुकै अडान लिन पनि तयार छौं। र, त्यसका लागि आवश्यक पहल गर्ने, निर्णय गर्ने र आफ्ना धारणा सार्वजनिक गर्ने र अगाडि बढ्न गृह मन्त्रालय र नेपाल सरकार प्रतिवद्ध रहेको म माननीयज्यूलाई हार्दिकतापूर्वक अवगत गराउन चाहान्छु।’

गत शुक्रबार भारतबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेका व्यास गाउँपालिका–२ का जयसिंह धामीको महाकाली नदीको तुइन तर्ने क्रममा नदीमा झरी बेपत्ता भएका थिए। 

उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले हिजो पाँच सदस्यीय समिति गठन गरिसकेको छ। 

साउन १८, २०७८ सोमबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।