डेढ किलो कोकिनसहित नाै जना पक्राउ
उनीहरू पाँच सय ग्राम कोकिनसहित फेला परेका थिए। उनीहरूको डेरामा तलासी गर्दा २ किलो ४०० ग्राम सुन समेत फेला परेको थियो। पक्राउमा परेकाहरुसँगको सोधपुछका क्रममा खुलेका सूचनाका आधारमा प्रहरीले कोकिन कारोबारमा संलग्न थप पाँच जनालाई पक्राउ गरेको छ।
ब्युरोले रानीबारी बस्ने सुरोज गुरुङ पक्राउ गरेको थियो। उनीसँगको सोधपुछपछि काठमाण्डौको गैरी गाउँबाट ६८३ ग्राम कोकिन फेला परेको थियो।रानीवारीबाट अन्जु थापा मगर, मुना तामाङ गुरुङ, रक्की आले मगर, रायल थापा मगर, टोखाबाट भारत दक्षिण गोवा नग्गारवडा भोमा घर भएका सन्दीप पटेल, गल्कोपाखाबाट मिराज ढकाल, झोंछेबाट सुदन शाक्य र कोटेश्वरबाट मच्छिन्द्र धमला पक्राउ परेको ब्युरोले जानकारी दिएको छ।
सो समूहबाट प्रहरीले १ किलो ५ सय १२ ग्राम कोकिन, २५ ग्राम चरेस, गाँजा, गाँजा, तान्ने सोली डिजिटल तराजु र सात लाख ८८ हजार रूपैयाँ बरामद भएको ब्युरोको प्रेस रिलिजमा उल्लेख छ।
साउन १८, २०७८ सोमबार १६:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।