लुम्बिनीका चार विपक्षी दलद्वारा बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग
नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी नेता तारा जिसीले बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनलाई संयुक्तरूपमा निवेदन बुझाएका छन्।
निवेदनमा प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये ४१ जनाको हस्ताक्षर छ। हस्ताक्षर गर्नेमा कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जसपाका ३ र जनमोर्चाका १ सांसद छन्।
निवेदनमा संविधानको धारा १६८ (१) अनुसार नियुक्त भएका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएको भन्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न माग गरिएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी नेता तारा जिसीले संविधानको धारा १६८ ९१० अनुसार एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले बहुमत गुमाएको भन्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।
साउन १८, २०७८ सोमबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।