देशका अधिकांश भूभागको मौसम सामान्य बदली, थोरै स्थानमा वर्षा 

देशका अधिकांश भूभागको मौसम सामान्य बदली, थोरै स्थानमा वर्षा 

काठमाडौं : हाल देशका अधिकांश भूभागको मौसम सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा  हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रदेश १, बागमती र  गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षा हुने विभागले अनुमान गरेको छ। 

विभागका अनुसार राती प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै विभागले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनान अनुरोध गरेको छ।

साउन १८, २०७८ सोमबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।