बजारमा घातक कस्मेटिकका सामाग्री, किन्नु अगाडि स्टिकर हेरौँ

बजारमा घातक कस्मेटिकका सामाग्री, किन्नु अगाडि स्टिकर हेरौँ

काठमाडौँ : प्रहरीको एक अप्रेसनबाट बजारमा कस्मेटिकका घातक सामाग्रीहरू विक्री हुने गरेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको अप्रेसनमा म्याद सकिएका बढी स्प्रे , एयर फर्सेन् , स्याम्पु लगायतका कस्मेटिकका सामाग्रीहरू नक्कली स्टिकर टाँसेर बजारमा पठाउने गिरोह नै पक्राउ परेका छन्।

प्रहरीले पुरानो मिति उप्काएर स्टिकरमा नयाँ मिति राखेर शरीरलाई नकारात्मक प्रभाव पार्न सक्ने सामाग्री बजारमा पठाउने गरेको आरोपमा महावीर गजुर र अविनाश अग्रवाललाई पक्राउ गरेको हो। अग्रवाल वीरगन्जका हुन् भने गजुर भारत राज स्थानका।

यी दुवैले सानो भर्याङमा रहेक समिट कमर्सियल प्रालीको नाममा रहेको भाडाको गोदाममा पुराना सामानलाई नयाँ मितिका स्टिकर टाँसी बजार पठाउन तयारी राखिएको अम्दाजी एक करोड बराबरको म्याद गुज्रेका कस्मेटिकका सामान फेला परेको छ। यसै गरी भोटे बहालमा रहेको गोदामबाट समेत करिब एक करोड बराबरको म्याद गुज्रेका कस्मेटिक सामानहरू फेला परेका छन्।

उनीहरूले यी सामानहरूमा पुरानो स्टिकरको ठाउँमा नयाँ स्टिकर टाँसेर बजारमा पठाउने गरेका थिए। प्रहरीले वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागसँग समन्वय गरेर छापा मारेको थियो।

दुवै गोदाममा सिल गरिएको छ। पक्राउ परेका दुबैजनालाई वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग बबरमहल पठाएको महाशाखाले जानकारी दिएको छ।

साउन १७, २०७८ आइतबार २०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।