स्वास्थ्य मन्त्रालयको निर्देशन– कोरोना खोप लगाएको प्रमाणपत्र दिँदा शुल्क नलिनू

स्वास्थ्य मन्त्रालयको निर्देशन– कोरोना खोप लगाएको प्रमाणपत्र दिँदा शुल्क नलिनू

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण विरूद्धको खोप लगाएको प्रमाणपत्र दिँदा शुल्क नलिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ।

मन्त्रालयले आज (आइतबार) काठमाडौं उपत्यकाका चार वटा अस्पताललाई परिपत्र गर्दै काेराेना खोप लगाएको प्रमाणपत्र दिँदा शुल्क निर्देशन दिएको हो, जसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मीनभवनस्थित निजामती कर्मचारी अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल छन्।  

यही साउन ७ गते मन्त्रालयको सचिवस्तरीय निर्णयबाट कोरोना प्रमाणीकरण निःशुल्क गर्ने उल्लेख गरिएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासन भीमप्रसाद सापकोटाद्वारा हस्ताक्षरित परिपत्रमा उल्लेख छ। 

पछिल्लो समय रोजगारी वा अन्य कामका लागि विदेश जाने यात्रुलाई खोप अनिवार्य गरिएपछि खोप लगाएको प्रमाणपत्र लिनेको संख्या बढेको छ। 

साउन १७, २०७८ आइतबार १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।