देशभर थप २५६८ जनामा कोरोना संक्रमण, १८ को मृत्यु
काठमाडौं : देशभर थप २ हजार ५ सय ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १ हजार ९ सय ८१ र एन्टिजेन विधिबाट ५ सय ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो।
उक्त अवधिमा आरटी पिसिआर विधिबाट ८ हजार ४ सय २ र एन्टिजेन विधिबाट ४ हजार २ सय ३४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर आरटी पिसिआर विधिबाट ६ लाख ९७ हजार ३ सय ७० र एन्टिजेन विधिबाट ६१ हजार ९ सय ३७ जनामा संक्रमण देखिएको छ।
कोरोना भाइरस संक्रमणका कारण देशभर थप १८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७५ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर कोरोना संक्रमण निको हुने दर ९४.१ प्रतिशत छ।
साउन १७, २०७८ आइतबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।