देशभर सामान्य बदली, केही स्थानमा हल्का वर्षा
काठमाडौं : देशभर सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उक्त अवधिमा कर्णाली, लुम्बिनी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाका सम्भावना रहेको मौसमविदले जनाएका छन्।
यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उक्त अवधिमा प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन्।
साउन १७, २०७८ आइतबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।