जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव निर्विरोध निर्वाचित 

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव निर्विरोध निर्वाचित 
तस्बिर : डा. बाबुराम भट्टराईकाे ट्विवटर ह्यान्डलबाट।

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज (शनिबार) सम्पन्न संसदीय दलकाे बैठकले यादवलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेकाे पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए। 

यसअघि महन्थ ठाकुर पक्षले नेता राजेन्द्र महतोलाई दलको नेता चयन गरेको थियो।

बैठकमा प्रतिनिधि सभा २०, राष्ट्रिय सभाका २ र निलम्बित १ सांसद सहभागी रहेको भट्टराईले जानकारी दिए। 

जसपाले संसदीय दल नेताको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा सुशीला श्रेष्ठ र रमेश यादव सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो। 

साउन १६, २०७८ शनिबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।