दार्चुला घटनाकाे सरकारले छानबिन गर्नुपर्छ : नेपाल

दार्चुला घटनाकाे सरकारले छानबिन गर्नुपर्छ : नेपाल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा महाकाली नदीमा पुरुष बेपत्ता भएको घटनाबारे छानबिन गर्न सरकारसँग माग गरेका छन्।

शनिबार राजधानी काठमाडौंमा आयोजित अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै उनले सरकारसँग यस्तो आग्रह गरेका हुन्। साथै उनले घटनामा संलग्न भएकालाई कारबाही गर्न भारत सरकारको पनि ध्यानाकर्षण गरेका छन्। 

गत शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२, मालघाटमा भारतीय सुरक्षाकर्मीले तुइनको तार चुँडाएपछि स्थानीय जयसिंह धामी नदीमा बेपत्ता छन्। उनकाे खाेजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएकाे छ। 

साउन १६, २०७८ शनिबार १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।