एमाले स्थायी कमिटी बैठक स्थगित
काठमाडौं : नेकपा (एमाले)को आजकाे स्थायी कमिटी बैठक स्थगित भएको छ।
विघटित पार्टी विवाद समाधान कार्यदलको प्रगति विवरण सुनेपछि अध्यक्ष केपी शर्मा ओलीले आइतबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेकाे पार्टीका एक नेताले जानकारी दिए।
त्यसअघिसम्म विवाद समाधानका लागि प्रयास गरिने ती नेताको दाबी छ।
साउन १६, २०७८ शनिबार १७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।