देशभर थप ३१०६ जनामा कोरोना संक्रमण, २३ को मृत्यु 

देशभर थप ३१०६ जनामा कोरोना संक्रमण, २३ को मृत्यु 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट २ हजार २ सय ८० र एन्टिजेन विधिबाट ८ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ९ हजार २ सय ६३ र एन्टिजेन विधिबाट ४ हजार २ सय ५६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

हालसम्म देशभर आरटी पिसिआर विधिबाट ६ लाख ९५ हजार ३ सय ८९ र एन्टिजेन विधिबाट ६१ हजार ३ सय ५० जनामा संक्रमण देखिएको छ। 

कोरोना भाइरस संक्रमणका कारण देशभर थप २३ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ। 

देशभर कोरोना संक्रमण निको हुने दर ९४.१ प्रतिशत छ।
 

साउन १६, २०७८ शनिबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।