जसपा संसदीय दलको बैठक जारी, संसदीय दलको नेता चयन गरिने
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा चलिरहेको बैठकले संसदीय दलको नेता चयन गर्ने बताइएको छ।
पार्टीका ज्येष्ठ सदस्य महिन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकमा जसपाका ३२ मध्ये २१ सांसद उपस्थित छन्।
संसदीय दलको नेतामा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुने सम्भावना रहेको जसपाका एक नेताले जानकारी दिए। तर, दलको नेताका लागि कसैको उम्मेदवारी दिएमा भने निर्वाचन गरिने छ।
जसपाले संसदीय दल नेताको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ, जसमासुशीला श्रेष्ठ र रमेश यादव सदस्य छन्।
निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै उपेन्द्र यादव पक्षले संसदीय दलको नेता छान्ने प्रक्रिया थालेको हो।
यसअघि महन्थ ठाकुर पक्षले जसपा संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको थियो।
साउन १६, २०७८ शनिबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।