दार्चुला घटनामा भारतसँग स्पष्टीकरण सोध्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

दार्चुला घटनामा भारतसँग स्पष्टीकरण सोध्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थी सङ्गठनले तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न पनि माग गरेका छन्। 

नदी तर्नेक्रममा शुक्रवार दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटमा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन्। बेपत्ता भएका धामी अहिलेसम्म फेला परेका छैनन्। 

प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापन पत्रमा सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गरिएको छ। भारतसँग सीमा जोडिएका क्षेत्रका जनताको सहज जीवन र शान्ति सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ। 

पाँच विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गर्न बन्द गरी खुला प्रतिस्पर्धाबाट योग्यता, क्षमता र विज्ञताको आधारमा नियुक्ति गर्न माग गरेका छन्। 

साउन १६, २०७८ शनिबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।